+
+

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा अर्जुनराज खनिया

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २९ गते १६:१६


२९ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चालकहरु मनोनित गरेको छ ।

नयाँ सञ्चालक समितिमा अर्जुन राज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । अध्यक्ष खनियाले नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

खनियाले एनआईसी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरतका साथै बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा अत्यन्त कुशल भूमिका निर्वाह गर्दै आएका छन् ।

भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रीय कार्यालय रहेको यो लघुवित्त २०७४ मंसिर १२ बाट सञ्चालनमा आएको हो । लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेज राज तिमिल्सिना र पदम ठकुल्ला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?