+
+

सहकारीका सञ्चालकलाई जवाफदेही बन्न विभागको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १४:२४

२६ भदौ, काठमाडौं । सहकारी विभागले सहकारीका सञ्चालकहरुलाई आफ्नो जिम्मेवारी र जवाफदेहीताबाट नपन्छिन निर्देशन दिएको छ ।

संस्था राम्रैसँग सञ्चालन हुँदा संस्थागत संलग्नताको पदीय हैसियतसहित आफूलाई परिचय गराउने तर संस्थामा केही समस्या देखिनासाथ पन्छिने गरेको भन्दै विभागले सामूहिक दायित्व लिन र जवाफदेहीता बन्न देशभरका सहकारी सञ्चालकहरुलाई भनेको छ ।

‘सञ्चालक समितिमा त्यत्तिकै राखिदिएछन्, सञ्चालक समितिको सदस्य भएपनि मलाई केही थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ भनि जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको देखिन्छ,’ विभागले भनेको छ, ‘केही व्यक्ति भने जिम्मेवारीबाट अलग गराई पाँउ भनि विभागमा आउने गरेका छन् ।’

सहकारी संघसंस्थामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण सेयर सदस्य समेतको सामूहिक जिम्मेवारी हुने विभागले स्मरण गराएको छ ।

विभागले प्रत्येक सञ्चालक सदस्यले अध्यक्ष वा व्यवस्थापकलाई मात्रै जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?