+
+

क्यान्सर उपचारमा आर्टिफिसियल इन्टेलिजेन्स, माइक्रोसफ्ट र पेजीबीच साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १३:०२

असाध्य रोगको रुपमा रहेको क्यान्सरको उपचार अब आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट सम्भव हुन सक्नेछ ।

दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले यसका लागि Paige सँग साझेदारी गरेको छ । पेजी विश्वको सबैभन्दा ठूलो डिजिटल प्याथोलोजी कम्पनी हो । यस साझेदारी मार्फत् अब हालसम्मकै सबैभन्दा ठूलो एआई मोडेल तयार गरिनेछ ।

उक्त एआई मोडेलले क्यान्सरको सूक्ष्म जटिलताहरुलाई पत्ता लगाउनमा सहयोग गर्नेछ र कम्प्युटेसनल बायोमार्करका लागि आधारशीलाको रुपमा काम गर्नेछ । यसले क्यान्सर विज्ञान (अंकोलोजी) तथा रोग विज्ञान (प्याथोलोजी) का सीमाहरुलाई एक नयाँ उचाइमा पुर्‍याउने दाबी गरिएको छ ।

नयाँ एआई मोडेलले सामान्य क्यान्सर मात्र नभइ उपचार निकै मुश्किल रहेको दुर्लभ क्यान्सरसमेत पहिचान गर्नेछ ।

माइक्रोसफ्ट हेल्थ फ्युचर्सका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक डेसनी ट्यानले भनेका छन्, ‘हामीले नयाँ एआई मोडेल बनाइरहेका छौं जसले क्यान्सरको प्रकृति बुझ्नमा अभूतपूर्व योगदान दिनेछ । एआईको शक्ति बुझ्नु जीवनलाई राम्रो बनाउनका लागि तथा स्वास्थ्य सेवालाई अगाडि बढाउनका लागि निकै आवश्यक छ ।’

एण्ड टू एण्ड डिजिटल प्याथोलोजी सोल्यूसन्स तथा क्लिनिकल एआईको अग्रणी कम्पनी Paige ले एक अर्बभन्दा धेरै तस्वीरहरुको प्रयोग गरेर पहिलो वृहत आधारभूत मोडेल विकसित गरेको छ ।

आफ्नो आगामी मोडेलमा Paige ले चार अर्बवटा डिजिटल माइक्रोस्कोपी स्लाइडहरुको प्रयोग गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?