Comments Add Comment

भर्ना अभियानमा लाग्न प्रदेश ३ का सबै जनप्रतिनिधिलाई मुख्यमन्त्रीको पत्र


३० चैत, हेटौंडा । प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनप्रतिनिधिलाई विद्यालय भर्ना अभियानमा लाग्न निर्देशन दिँदै पत्राचार गरेको छ ।

शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म लैजान सरकारले चलाएको भर्ना अभियानमा सहभागी हुन प्रदेशभित्रका सबै स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशनसहित पत्राचार गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश ३ का १३ जिल्ला समन्वय समितिलाई पत्राचार गरी स्थानीय तहका जनप्रतिनिधिलाई भर्ना अभियानमा सहभागी गराउन आग्रह गरेको हो ।

समन्वय समितिहरुले प्रदेशभित्रका १ सय १९ स्थानीय तहमा पत्राचार गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

उनले सबै जनप्रतिनिधिले एक जना बालबालिका विद्यालय पुर्‍याउँदा भर्ना अभियान सार्थक हुने बताए ।

जनप्रतिनिधिले बालबालिकालाई विद्यालय भर्ना गर्ने मात्र नभई उनीहरुको ५ बर्ष सम्मको अध्यनन र अध्यापनमा लाग्ने खर्च व्यहोर्नुपर्नेछ ।

अभियानमा सहभागी हुनका लागि सबै प्रदेश तहका सबै मन्त्रीहरुलाई भनिसकिएको र आफूपनि पश्चिम मकवानपुरको विपन्न परिवारको एक बालबालिकाको अभिभावक बन्ने मुख्यमन्त्री पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment