Comments Add Comment

वर्षभरि मरेका पशुलाई श्रद्धाञ्जली, बालियो दीप !


२ वैशाख, काठमाडौं । ०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा यहाँ दीप प्रज्ज्वलन गरिएको छ ।

‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धाञ्जली सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धाञ्जली प्रकट गरिएको थियो ।

नेपाल शाकाहारी संघलगायत प्राणी कल्याणसम्बन्धी संस्थाको प्रयासमा काठमाडौंको रानीपोखरीस्थित सोह्रहाते गणेशअघि शुक्रबार आयोजित सो कार्यक्रममा श्रद्धाञ्जलीको व्यहोरा सबैले वाचन गरेका थिए ।

चार वर्षदेखि आयोजना गरिँदै आएको सो कार्यक्रमका सहभागी तथा शाकाहारी अभियन्ता विकेश श्रेष्ठले संसार सबैको साझा घर भएको र आजको विश्वमा प्राणीमाथिको हिंसा रोकिनुपर्ने बताए ।

‘ढुंगे युग सकिएकाले अब हिंसाबिना बाँच्न सकिन्छ । मानव जातिले सबै प्राणीमाथि गरेको हिंसाका लागि हामी लज्जित छौं । सोही कारण सबै प्राणीप्रति श्रद्धान्जली व्यक्त गर्न हामी उपस्थित भएका हौं’, सञ्चारकर्मी रीता लिम्बुले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment