+
+

‘चङ्गा’काे ‘कम्पनी माला’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ४ गते ११:१२


चलचित्र ‘चङ्गा’को पहिलो गीत रिलिज गर्दै प्रचारको सुरुवात गरिएको छ । जेठ २५ गतेलाई यो चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।चलचित्रमा समावेश ‘कम्पनी माला’ बोलको गीत रिलिज गरिएको हो ।

गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर, राजनकै संगीत, राजेन्द्र थापाको शब्द छ । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्रलाई ‘डिट्ठा साब’को नामबाट परिचित कलाकार किशोर भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रलाई पूर्ण रुपमा कमेडी स्वादमा तयार गरिएको छ ।

यो चलचित्रमा बुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा, लक्की भण्डारी लगायतका कलाकारको अभिनय छ । रविन आचार्यको छायांकन रहेको चलचित्रमा निर्देशक भण्डारीकै कथा छ । चलचित्रमा रेश्मा तिमिल्सिनाको लगानी छ भने प्रकु पाण्डे यसका कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?