Comments Add Comment

क्यानको विशेष साधारणसभाबारे अाईसीसीले भन्यो : हामीले नजिकबाट हेरिरहेका छौं

४ बैशाख, काठाडौं । नेपाल क्रिकेट संघ क्यानले विशेष साधारणसभा बोलाएकोमा अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले स्वागत गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानको विशेष साधारण सभा अप्रिल १९- २० मा तोकिएकोमा आईसीसी स्वागत गर्दछ’ आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यसले खेलमा सुधार ल्याउनुका साथै आईसीसीको सदस्यता पुनस्र्थापना हुने दिशामा अघि बढ्नेछ ।’

आईसीसीले विशेष साधारणसभाबाट आईसीसीसमेतको सहभागीता रहेको नेपाल सल्लाहकार समूहले दिएको सुझाव अनु्सार विधान संशोधन हुने बताएको छ । विधान संशोधनपछि नेपालको आईसीसी सदस्यता पुनस्र्थापना हुने र आईसीसीको सन् २०१८ को जुलाइमा हुने साधारणसभामा नेपाल पनि सहभागिता सुनिश्चित गर्ने आइसीसीले जनाएको छ ।
क्यानको साधारणसभापछि तुरुन्तै आईसीसीको बोर्ड बैठक बस्ने र त्यसमा नेपालको सदस्यताको विषय एजेण्डामा रहने आइसीसीले बताएको छ ।
‘विशेष साधारणसभाको तत्कालैपछि आईसीसीको बोर्ड बैठक बस्नेछ, जसको एजेण्डा नेपालको सदस्यताबारे हुनेछ, हामीले अहिलेको अवस्थालाई नजिकबाट हेरिरहेका छौं’ आईसीसीका डेपुटी चेयरम्यान इमरान ख्वाजाले भनेका छनु ।

आईसीसीले नेपालमा क्रिकेटसँग सरोकार राख्ने पक्षसँगको सुझावको आधारमा कुनै विकल्पपविना विधान परिवर्तन हुने आशा व्यक्त गरेको छ । यसले आईसीसीको साधारणसभासम्म नेपालको सदस्यता पुनस्थापना हुने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment