Comments Add Comment

ट्याङ्कर चालकको आन्दोलन फिर्ता, सुरु भयो पेट्रोलियम ढुवानी

४ बैशाख, वीरगञ्ज । प्रहरीले कुटपीट गरेको विरोधमा आन्दोलनमा उत्रिएका ट्याङकर चालकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

स्थानीय प्रशासन, नेपाल ट्याङ्कर चालक संघ र नेपाल आयल निगमका प्रतिनिधिहरुको बैठकमा सहमति जुटेपछि ट्याङ्कर चालक संघले आन्दोलन फिर्ता लिएको हो ।

आन्दोलन फिर्ता लिएपछि ट्याङकर चालकहरुले पेट्रोलियम पदार्थहरु ढुवानी गर्न थालेका छन् । मंगलबार वीरगञ्जमा बसेको स्थानीय प्रशासन, नेपाल आयल निगम अमलेखगञ्जका प्रमुख प्रदीप यादव, वीरगञ्जका प्रमुख जगदिश यादव, ट्याङ्कर चालक संघका प्रतिनिधिबीचको बैठकमा सहमति जुटेको थियो ।

प्रशासनले ट्याङ्कर चालकमाथि दुव्र्यबहार गर्ने इनर्वा प्रहरी चौकीका ईन्चार्जलाई कारबाही गर्ने र आयल निगमले कुटपीटबाट घाइते भएका ट्याङकर चालकको उपचार गर्ने सहमति भएपछि तेल ढुवानी गर्न थालिएको नेपाल तेल ट्यांकर चालक संघका अध्यक्ष विनोद मानन्धरले बताए ।

‘ट्याङ्कर चालकलाई उपचार गर्ने र दोषी प्रहरी अधिकारीलाई कारबाही गर्ने सहमति भयो, हाम्रो माग पूरा भएकोले तेल ल्याउन सुरु गरिसकेका छौं’ उनले भने ।

संघको आहृवानमा सोमबार दिनभर तेल ढुवानी हुन नसकेकोले मंगलबार वीरगञ्जमा पेट्रोलको अभाव भएको छ ।

वीरगञ्जको अधिकांश पेट्रोल पम्पमा पेट्रोल सकिएका कारण ‘पेट्रोल छैन’ भनी लेखिएको छ । गत आइतबार ना ३ ख ९६३९ नम्बरको ट्याङ्कर चालक सन्तोष प्रसाईलाई इनर्वा प्रहरी चौकीका प्रमुखसमेतले दुव्र्यबहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment