Comments Add Comment

नरदेवी अस्पतालका प्रमुख ३७ हजार घुससहित पक्राउ

४ बैशाख, काठमाडौं । काठमाडौं नरदेवीको आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक कन्सल्टेन्ट आयुर्वेद चिकित्सक डा. रामदेव यादव घुससहित पक्राउ परेका छन् ।

आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई ३ महिने ओ.जे.टी.(प्रशिक्षण/तालिम) गराउन ३७ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा यादवको सरकारी निवास नरदेवीमा पुगेको अख्तियारको टोलीले ३७ हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।

उनीमाथि अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment