+
+

अमेरिका र उत्तर कोरियाबीच सीधा वार्तालाप

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ५ गते ८:०६

५ वैशाख, काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच सीधा वार्तालाप भएको छ । औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका अधिकारीहरुबीच सीधा वार्ता भएकाे हाे ।

शीखर वार्ताको गृहकार्यका लागि अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख माइक पोपियो उत्तर कोरिया पुगेका छन् । माइक पोपियोको यही भ्रमणको क्रममा वार्ता भएको हो ।

वाशिङटन पोस्टका अनुसार ट्रम्पले भनेका छन्, ‘हामीले निकै उच्चस्तरमा सीधा कुराकानी गरेका छौं ।’

ट्रम्पका अनुसार शीखर वार्तालाई ऐतिहासिक बनाउने प्रयासमा अमेरिका र उत्तर कोरियाका अधिकारीहरुबीच वार्ता भइरहेको छ ।

अमेरिका र उत्तर कोरियाबीच औपचारिक वार्ताका लागि पाँच स्थानको विकल्प राखिएको छ । तर, कहाँ वार्ता गर्ने भन्ने अझै निश्चित भइसकेको छैन ।

अमेरिका र उत्तर कोरियाबीचको वार्ताको जापानले स्वागत गरेको छ । सिन्जो आबेले अमेरिकी राष्ट्रपति ट्रम्पको तारिफ गर्दै भनेका छन्, ‘अमेरिका र उत्तर कोरियाको वार्ताले ठोस नतिजा निकालोस् । विश्वास छ, वार्ताको क्रममा कोरियाली प्रायद्वीपमा जापानको सुरक्षा चिन्ताको पनि ख्याल हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?