+
+

कर्मचारी सञ्चय कोषको प्रशासकमा गौतम नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ५ गते ९:०७


५ वैशाख, काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसीप्रसाद गौतम नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई कोषको प्रशासकमा नियुक्त गरेको हो ।

कोषको कार्यकारी प्रमुखको हैसियतमा रहने प्रशासक पद रिक्त भएपछि खुला प्रतिष्पर्धाबाट छनोट प्रक्रिया थालिएको थियो । खुला प्रतिष्पर्धामा उत्रिएका मध्ये गौतम, दीपक रौनियार र राजेन्द्र काफ्ले सर्ट लिस्टिङमा परेका थिए । गौतम २ प्रतिस्पर्धीलाई पछि पार्दै छनोट हुन सफल भएका हुन् ।

२०४७ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका गौतम सात वर्षदेखि सहसचिवका रुपमा कार्यरत थिए । जनप्रशासन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गौतमले भारतको मुम्बईबाट जनसंख्या अध्ययनमा समेत पोष्ट ग्रयाजुयट डिप्लोमा गरेका छन् । न्युजिल्यान्डबाट रणनीति व्यवस्थापनमा स्नातकोत्तर तथा त्यहीँबाट मानव स्रोत व्यवस्थापनमा पोष्ट ग्रयाजुयट गौतम मोरङका स्थायीवासिन्दा हुन् ।

योजना आयोगमा तीन वर्ष सेवा गरेका गौतमले यसअघि पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी समेत पूरा गरेका थिए । राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभागको प्रमुख रहिसकेका गौतमसँग संखुवासभा र काभ्रेको प्रमुख जिल्ला अधिकारीको कार्यअनुभवसमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?