Comments Add Comment

अवैध सुनसहित कोटेश्वरबाट ३ जना पक्राउ

५ वैशाख, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको कोटेश्वरबाट अवैध सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले मंगलबार दिउँसो २ बजे कोटेश्वर चाेकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ५०/५० ग्रामको ५ वटा सुनको चुरा बरामद भएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी अवैध रुपमा सुन ल्याएको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाका अनुसार, काठमाडौंको ठहिटी बस्ने ३६ वर्षीय रतनलाल श्रेष्ठ र उदयपरको त्रियुगा घर भई बौद्ध बस्ने २२ वर्षीया लिलाकुमारी श्रेष्ठलाई ४ वटा सुनको बालासहित नियन्त्रणमा लिइएको हो । त्यसैगरी लहान–१५, सिरहाका २० वर्षीय इन्द्र सदेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट ५० ग्रामको एउटा सुनको बाला बरामद भएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखेर अनुसन्धान भइरहेको छ । अनुसन्धानपश्चात उनीहरुलाई राजश्व अनुसन्धान विभाग, हरीहरभवन पुल्चोक ललितपुरमा पठाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment