+
+

धारा जडान भएपछि बदलियो झतडा गाउँ

आशिष मल्ल  आशिष मल्ल 
२०७५ वैशाख ५ गते ११:२३

५ बैशाख, डडेल्धुरा । लक्ष्मी देवीलाई २ घण्टाको बाटो हिडेर ड्रममा पानी बोकेर ल्याउन धौ-धौ पर्थ्यो । एक त भिरालो बाटो झन त्यसमा केटाकेटीलाई तयार गरेर विद्यालय पठाउन हतार । उनी बिहानै उठेर घर भन्दा तल रहेको खोलाको पानी ल्याउन डौडिदै पुग्थिन । पानी ल्याउन झन्झट । फोहोर खोलाको पानी खाएर घरका सदस्य धेरैजसो विरामी भइरहन्थे ।

उनी जस्तै वर्षाैदेखि खानेपानीको समस्या झेल्दै थिए डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ झतडाका स्थानीयवासी । तर, हिजोआज समय बदलिएको छ । अहिले गाउँमा १३ धारा जडान भएका छन् ।

धारा जडान भएपछि उनीहरुको खुसीको सीमा नै छैन । ज्यानको जोखिम कम भएको र समयको बचत भएपछि त्यस गाँउका स्थानीय बचेको समयलाई तरकारी खेतीमा सदुपयोग गर्दैछन् ।

लक्ष्मीदेवी ऐर भन्छिन ‘अहिले बच्चाहरु समयमै स्कुल पुग्छन र पानी ल्याउने समयको बचत हुदा धाराकै पानीले बारीमा तरकारी फलाउछन सजिलो भएको छ ।’

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (आर.भि.डब्लु.आर.एम.पी) को सहयोगमा निर्मित गगांनौला खानेपानी तथा सरसफाइ योजना समपन्न भएपछि गाउँको खानेपानी समस्या सुल्झिएको छ ।

गाउँमा हिजोआज २४ घण्टा प्रयाप्त खानेपानीको सुविधा पुगेको छ । परियोजनाको खानेपानीसँगै जिविकोपार्जन, तरकारी खेती सम्बन्धी तालिम तथा सरसफाइ कार्यक्रमबाट झतडावासीले लाभ लिएका छन ।

त्यस्तै दुर्गादेवी ऐर सफा पानी पिउन पाँउदा हर्षिर्त भएकी छिन् । ‘सफा पानीको फाइदा भयो, साग तरकारीको फाइदा भयो’ उनले भनिन ‘खोलाबाट जर्किनमा बोकेर पानी ल्याउँथे तर गाँउमा धारा जडान भएपछि तरकारी खेतीपनी गर्न थालेका छौ ।’

साथै तरकारी खेती गरेपछी दैनिक आवश्यक बस्तु जस्तै तेल नुन तथा मसला, केटाकेटीको कापी किताब त्यसैबाट आएको आम्दानी बाट किन्ने गरेको उनको भनाई छ । घाटीमा लगाएको गहना देखाउँदै उनले भनीन ‘यो पनी तरकारी बेचेर जोडेको हु, बच्चाको स्कुलको शुल्क तिर्न तरकारी बेचेरै पुग्छ ।’ तरकारी बेचेर धेरै महिलाले सुनको गहना बनाएको उनको भनाई रहेको छ ।

यस्तै वर्षाैसम्म खोलाको धमिलो पानी खाएरै आधा जीवन काटेका त्यो ठाउँका स्थानीय अहिले खानेपानी योजना सम्पन्न भएर शुद्ध पिउने पानी घर घरमा आएसँगै खुसी भएको वडा अक्ष्यक्ष तारा भट्ट बताउँछन् । ‘अहिले प्रत्येक घरघरमा सफा पानी आउने घारा जडान भएका छन’ उनले भने ‘सबैभन्दा ठूलो तरकारी खेतीगरेर आयआर्जमा बृद्धि भएको हुँदा यहाँका वासीको जीवन उन्मुख भएको छ ।’

खानेपानी आयोजना सम्पन्न भएसँगै उक्त ठाउँमा ३७ घरधुरी लाभान्वित भएको वडा सचिव सन्तोष भट्टले बताए ।

खानेपानी योजना निर्माण कार्य शुरु भएको १ वर्षमा सम्पन्न भएको उनले बताए । त्यस योजनामा एक इन्टेक (मुलबाट), एक फेन्सिङ्ग सहितको पानी टंकी, २ वटा खोलामा क्रसिङ्ग, एक जिआई क्रसिङ्ग, करिब १३ सार्वजनिक धारा, तीन हजार ८५० मिटर पाइपलाइन सम्पन्न भइसकेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाकी फिल्ड संयोजक सिन्धु बोहारा अवस्थीले जानकारी दिइन । अहिले १३ वटै धारामा पानी प्रवाह भएको उनले बताइन् ।

गगांनौला खानेपानी तथा सरसफाइ योजना खानेपानी योजना कुल १८ लाख ३५ हजार ९४६ रुपैयाँको लागतमा सम्पन्न भएको याजनाको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर खातीले जानकारी दिए ।

कुल १८ लाख ३५ हजार ९४६ मध्ये ५ लाख ५३ हजार ७८३ रुपैयाँ फिनल्याण्ड सरकार तथा युरोपियन युनिएनको, पाँच लाख ५३ हजार ७८३ नेपाल सरकारको, एक लाख १० हजार १५६ नवदुर्गा गाउँपालिकाको (समपुरक कोष), १३ हजार उपभोक्ताको र ६ लाख ५ हजार २२२ रुपैयाँ बराबरको जनश्रमदान लागतमा निर्माण सम्पन्न भएको उनले बताए ।

परियोजनाको दातृ निकायको तर्फबाट मंगलबार त्यस गाउँको अवलोकन भम्रणका लागि फिन्ल्याडका सासंदसहित १४ जनाको समूह पुगेको थियो ।

कार्यक्रमले ल्याएको परिवर्तनले आफूहरु खसी भएको उनीहरुको भनाइ रहेको थियो । एक कार्यक्रमको आयोजना गरी उनीहरुले गाउँवासीसँग खुसी व्यक्त गरेको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?