Comments Add Comment

प्रिमियर लिगको उत्कृष्ट ११ मा ५ जना सिटीका


५ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिगको उत्कृष्ट ११ खेलाडीमा म्यानचेस्टर सिटीका पाँच जना खेलाडी परेका छन् ।

बेलायतको ‘प्रोफेसनल फुटबलर्स एसोसिएसन’ ले छुट्याएको वर्षको उत्कृष्ट टिममा सिटीकै पाँच जना परेका हुन् ।

मिडफिल्डर केभिन डि ब्रायन, डेभिड सिल्भा, डिफेन्डर निकोलस वटामेन्डी, केयल वाल्कर र स्ट्राइकर सर्जियो अग्युरो सिटीबाट परेका हुन् ।

यस्तै म्यानचेस्टर युनाइटेडका किपर डेभिड डिगा, टोटनहृयामका सेन्ट्रल डिफेन्डर जान भर्टोनगेन, मिडफिल्डर क्रिष्टियन इरिकसन, स्ट्राइकर हृयारी केन, लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र चेल्सीका लेफ्ट ब्याक मार्कस एलन्सो परेका छन् ।

प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) ले हरेक वर्ष पि्रमियर लिग, च्याम्पियनसिप, लिग वान र लिग टु को उत्कृष्ट ११ खेलाडी छानेर पुरस्कृत गर्ने गर्छ ।

सिटीले यो सिजनको पि्रमियर लिगको उपाधि जितिसकेको छ । ३३ खेलमा २८ खेलमा जित र ३ खेल बराबरी गरेको सिटीले २ खेल हारेको थियो ।

८७ अंक रहेको सिटीभन्दा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ अंकले पछि परेको छ । दुवैले अब पाँच/पाँच खेल खेल्न बाँकी छ । ४ खेल खेल्न बाँकी रहेको तेस्रो स्थानको लिभरपुलको ७० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment