Comments Add Comment

सुनबहादुरलाई रिहा गर्न सर्वोच्चको आदेश

६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले मानव वेचविखनको अभियोगमा थुनामा रहेका नुवाकोटका निलम्बित वडाध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले यो आदेश दिएको हो ।

सुन्तली तामाङको जाहेरीका आधारमा जिउ मास्ने बेच्ने मुद्दामा जिल्ला अदालत नुवाकोटले २६ असोज २०६८ मा भएको फैसलाका आधारमा सुनबहादुरलाई थुनामा राखिएको छ ।

तर, फैसलाबाट कैद भएका व्यक्ति उनी हुन् भन्ने यकिन नभएको तथा अनुमानको आधारमा मात्र कैदमा राख्न मनासिव नहुने भन्दै सर्वोच्चले जिल्ला अदालत काठमाडौंबाट ८ माघ २०७४ मा कैद म्याद ठेकी पठाउनू भन्ने कारबाही कानुन विपरीत भएको बताएको छ ।

वन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दै सर्वोच्चले अन्य मुद्दामा थुना वा कैदमा राख्नु नपर्ने भए रिहा गर्न आदेश दिएको छ ।

तर, अर्को मुद्दामा उनीविरुद्ध ३७ वर्ष जेल सजाय सुनाएकाले उनी नछुट्ने प्रहरीले बताएको छ ।

हेर्नुस्र सर्वोच्चको आदेश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment