+
+

चौरमा भासियो मालिन्दो एयर, हेर्नुस् तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ८ गते ४:३४

७ वैशाख, काठमाडौं । देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति मालिन्दो एयरको विमान दुर्घटनापछि आवागमन अबरुद्ध भएको छ । विमान धावनमार्गमा धसिँदा विदेशबाट यात्रु लिएर आएका विमान फर्काइएका छन् भने तय भएका उडान अन्योलमा परेको छ ।

रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । तर, विमान नहटाइएसम्म अन्य उडान अवतरणमा कठिनाइ भएको विमानस्थल स्रोतले अनलाइनखबरलाई बतायो ।

गएरातिदेखि नै मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहेको छ । तर, शुक्रबार बिहान पनि हटाउन सकिएको छैन । विमानस्थल स्रोतका अनुसार, यसलाई हटाउन अझै केही घण्टा लाग्ने छ । उडान ठप्प  हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।

यो पनि पढ्नुहोस्
जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थल अवरुद्ध

त्रिभुवन विमानस्थलभित्र ठूलो दुर्घटना टर्‍यो, मालिन्दो एयर चौरमा भासियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?