+
+

जनता रेमिटको सुपर एजेन्टमा जीएमई रेमिट नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ७ गते १९:४८


७ वैशाख, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आˆनो ‘जनता रेमिट’ को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिट प्रालिलाई नियुक्त गरेको छ । उक्त सुपर एजेन्ट सम्बन्धि संझौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरे ।

हस्ताक्षर समारोहमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वीनारायण श्रेष्ठको पनि उपस्थिति थियो । सम्झौता बमोजिम ँजनता रेमिटू मार्फत पठाएको रकम जीएमई रेमिटले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ भने जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो शाखाहरुमार्फत भुक्तानी गर्नेछ ।

रेमिट्यान्स भुक्तानीको लागि जिएमई रेमिटको देशभरी ६ हजार भन्दा बढी सब-ऐजेन्टहरु रहेका छन् भने जनता बैंक नेपालले देश भरीका १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?