Comments Add Comment

केरुङ-काठमाडौं रेल अनुदानमा बनाइदिन चीनलाई नेपालको प्रस्ताव

८ वैशाख, काठमाडौं । नेपालले चीनसामू काठमाडौं-केरुङ रेललाई अनुदानमा बनाउन प्रस्ताव गरेको छ । चीन भ्रमण पुरा गरी शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो रेलमार्गलाई द्वीपक्षीय सम्वन्धको प्रतिकका रुपमा अघि सारिएको बताए ।

उनले भने, बीआरआई अन्तरगत अरु परियोजनाका विभिन्न मोडल हुनसक्छन् । तर, सीमा आरपार रेल्बे परियोजना चीनको ग्रान्टमा बनोस् भन्ने हाम्रो आग्रह छ ।’

नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच ५ बैशाखमा बेइजिङमा भएको वार्तामा ‘वान बेल्ट वान रोड’मार्फत ‘क्रस हिमालय केनेक्टिभिटी नेटवर्क’ अघि बढाउने सहमति भएको थियो । संयुक्त पत्रकार सम्मेलनमा चिनियाा विदेशमन्त्री वाङ यी भारतलाई पनि यसमा सहभागी हुन आग्रह गरेका थिए ।

मन्त्री ज्ञवालीका अनुसार केरुड-काठमाडौंका साथै काठमाडौंवाट पोखरा हुँदै लुम्विनी जोड्ने रेलमार्गको सभाब्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीवारे छलफल भएको छ ।

दुबै पक्षले ओबरअन्तर्गत पूर्वाधार, यातायात सञ्जाल, ब्यापार, पर्यटन क्षेत्रका परियोजना पहिचान गरी समयतालिका बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको मन्त्री ज्ञवालीले बताए ।

चिनियाँ सहयोगमा सञ्चालित परियोजनाहरुको प्रभावकारी कार्यान्वयनलाई सहजीकरण गर्न द्विपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापना गर्ने सहमति भएको छ ।

उनले अघि भने, ‘विदेशमन्त्री वाङले नेपाललाई आफ्ना छिमेकीहरुबाट लाभ लिने पुरापुर अधिकार छ र असल छिमेकी हुनुको नाताले नेपालको विकासलाई सहयोग गर्नुपर्छ भन्ने धारणा राख्नु भएको छ । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment