Comments Add Comment

च्याट एप शुरु गर्ने गुगलको तयारी, ह्वाट्स एप र आर्इ म्यासेजलाई टक्कर !

गुगलले अब मेसेजिङ टेक्स्टको क्षेत्रमा एउटा नयाँ परिवर्तन ल्याउन गैरहेको छ । यद्यपि गुगलले लामो समयदेखि यस विषयमा काम गरिरहेको छ ।

सन् २०१३ मा Talk App लाई बन्द गरी गुगलले Hangouts सुरु गरेको थियो र पछि फेरि  Allo ल्याएको थियो । गुगलले अब Allo  पनि बन्द गर्दैछ । अहिले गुगलले एक नयाँ मेसेजिङ एपमा काम गरिरहेको छ । जसको नाम Chat राखिएको छ ।

गुगलको Chat एपको सबैभन्दा महत्वपूर्ण विशेषता भनेकै प्रयोगकर्ताले यो एपको सहायताले कुुनै अन्य एपका प्रयोगकर्तालाई पनि मेसेज गर्न सक्नेछन् । अर्थात् गुगलको यस एपमा एसएमएस गर्नका लागि प्रयोगकर्तालाई एपभन्दा बाहिर जानु आवश्यक हुनेछैन ।

रिपोर्ट अनुसार गुगलले Chat एपको काम अन्तिम चरणमा पुर्राएको छ र यसलाई लञ्च गर्नका लागि भारतीय टेलिकम कम्पनीसँग साझेदारीको पहल गरिरहेको छ । भारतका चर्चित टेलिकम कम्पनीहरु जियो, एयरटेल तथा भोडाफोनसँग उसले Chat एपको विषयमा कुराकानी गरिरहेको बताइएको छ ।

विश्लेषकहरुका अनुसार गुगलको Chat एपले फेसबुक स्वामित्वको ह्वाट्सएप तथा एप्पलको आइ मेसेज सर्भिसलाई कडा टक्कर दिने सम्भावना छ । गुगलको यस एपमा इमोजी, ग्रुप च्याट जस्ता कतिपय फिचर्स पनि हुनेछन् ।

तर उक्त एपले इनक्रिप्सनलाई सपोर्ट नगर्ने भएको हुुँदा सुरक्षाको दृष्टिकोणले भने कमजोर हुने विश्लेषण गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment