Comments Add Comment

ब्रिटिस अल्फा-बिटा कप-२०१८ मा द ब्रिटिस कलेज विजयी

११ वैशाख, काठमाडौं । ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कलेज फुटसल टुर्नामेन्ट’ प्रतियोगितामा द ब्रिटिस कलेज विजयी भएको छ ।

प्रतियोगिता ‘द ब्रिटिस कलेज’ र ‘अल्फा बिटा इन्सिट्युट प्रालिको संयुक्त आयोजनामा अप्रिलको २३ र २४ मा अप्रिलमा धन्यन्तरी फुट्सल्, धुमबराहीमा भएको हो ।

उक्त कार्यक्रमलाई ‘अल नेपाल फुटबल एसोसिएसन’ र ‘रेडबुल’ लगायत अन्य प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुले प्रायोजन गरेका थिए । मुख्य प्रयोजकहरुमा एनआईसी एसिया बैंक -बैंकिङ पार्टनर), टर्किस एयरलायन्स (एयरलायन्स पार्टनर), दराज नेपाल (अनलाइन सपिङ पार्टनर), इन्टरनेट सेकुरिटी पार्टनर, भायानेट (इन्टरनेट पार्टनर), सुलुक्स सेन्टर (स्टाइल पार्टनर) रहेका थिए ।

विभिन्न विश्वविद्यालयका १६ अण्डर ग्रयाजुएट कलेजहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतिस्पर्धी टीमबाट शीर्ष विजेता ‘बि्रटिस कलेज’ र उपविजेता ‘किङ्ग्स् कलेज’ घोषित भएका छन् । टुर्नामेन्टको सर्वश्रेष्ठ खेलाडी ‘ब्रिटिस कलेज’ का धीरज थापा भए भने सर्वश्रेष्ठ किपरमा तेन्जीङ सामडुप घोषित भएका छन् ।

प्रतियोगितामा बिजेता हुने टोलीलाई नगद पुरस्कार सहित गिफ्ट ह्याम्परहरु अल्फा बेटा, टर्किस एयरलाइन्स, दराज नेपाल, इसेट, जुजु वर्यस, सुलक्स सेन्टरले प्रदानगरिएको थियो  ।

टर्किस एअरलाइन्सका साहायक प्रवन्धक अब्दुल्ला ट्युन्सर केसीसीले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा इसेट एन्टिभाइरसका प्रवन्ध निर्देशक राहुललाल श्रेष्ठ, इसेटका सेल्स निर्देशक दिवाकर आचार्य, ब्रिटिस कलेजका प्रिन्सिपल डा. जोन ब्याटम्यान र ब्रिटिस कलेजका वरिष्ठ संकायका जिम बेफस्के लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment