Comments Add Comment

मदनभण्डारी पार्क संरक्षणमा जनता बैंकको सहयोग


१२ वैशाख, काठमाडौं । काठमाडौ महानगरपालिकावडा नं. ३२, महादेवस्थानमा रहेको मदनभण्डारी स्मृति बाटिकाको संरक्षण जनता बैंकको सहयोगमा गरिने भएको छ ।
काठमाडौं महानगरपालिकावडा नं. ३२ एबं उपत्यका बिकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तर दायित्वअन्तरगत कार्य गर्ने बैंकको नीति अनुरुप उक्त वाटिकाको दैनिक सरसफाई, रेखदेख र संरक्षणको लागि सहयोग गरिएको बैंकले जनाएको छ ।

उक्त सहयोग पहिलो चरणमा आगामी एक बर्ष सम्मको लागि हुने सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment