Comments Add Comment

काठमाडौंमा जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने


१४ वैशाख, काठमाडौं । आईएमई फाउन्डेसनको आयोजना, अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा काठमाडौंमा पहिलो आईएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ ।

जेठ ६ देखि १२ गतेसम्म हुने प्रतियोगिता काठमाडौंको नाउलिङ स्पोर्टस भिल्ला र मण्डिखाटार टेनिस क्लबमा ८, ९, १०, १२ र १४ वर्षमुनिका बालबालिकाहरुका लागि सञ्चालन हुने आयोजक आईएमई फाउण्डेसनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

इच्छुक खेलाडीले भंगालको नाउलिङ स्पोर्टस् भिल्ला, मण्डिखाटार टेनिस क्लब र अल नेपाल लन टेनिस एसोसिएसन सातदोवाटोमा जेठ २ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले पुरस्कार पाउनेछन् ।

त्यस्तै आईएमई फाउण्डेसनले बक्सिङ खेलाडी मनोहर बस्नेतलाई २०७५ सालको लागि प्रायोजन गर्ने भएको छ । सन् २००० देखि विभिन्न प्रतिस्पर्धामा १३ पटकसम्म बक्सिङ च्याम्पियनसीप विजेता भएका बस्नेतले यो वर्ष खेल्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा आईएमईको लोगोअंकित प्रचार सामग्री प्रयोग गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment