Comments Add Comment

जगदम्बाको फोर्स सिमेन्ट अब नयाँ प्याकमा

१६ वैशाख, काठमाडौ । जगदम्बा सिमेन्ट उद्योगले ग्राहक तथा उपभोक्ताको मागलाई मध्यनजर गर्दै आफ्नो उत्पादनलाई अझ परीष्कृत गरेको छ ।

हालै मात्र विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले शुभश्री जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कम्पनी एफएलस्मिथको अत्याधुनिक प्रविधि भर्टिकल रोलर मिल्स जडान गरी उत्पादन सूचारु गरेको छ ।

साथै यस उद्योगले आˆनो फोर्स ब्राण्डलाई अझ नविन तथा परिष्कृत गर्दै आकर्षक प्याकेजिङ्गमा बजारमा ल्याएको छ । समयको माग र ग्राहकको चाहना बमोजिम फेार्स प्याकेजिङ्ग अझ आकर्षक र उपभोक्ता मैत्री भएको छ ।

जगदम्बा ग्रुपले नेपालमा पाईने सबै प्रकारको ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आˆना दुवै उद्योगबाट दैनिक १ लाख १० हजार बोरा बिक्री वितरण गर्दै आइरहेको छ । यस उद्योगले आफ्नो उद्योगलाई सधै नै प्रविधि मैत्री बनाउने र उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्दै उपभोक्ताको सेवामा समर्पित रहने प्रतिवद्धता ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment