+
+

कीर्ते नागरिकता बनाउन सहयोग गर्ने नगरपालिकाका कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १७ गते २०:०८
फाइल तस्वीर

१७ वैशाख, सप्तरी । नागरिकता नै नलिएका व्यक्तिलाई प्रतिलिपी बनाउन सहयोग गरेको आरोपमा प्रहरीले राजविराज नगरपालिकाका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सुनसरीको दुहबी बस्दै आएका सतिष अग्रवालको नागरिकताको प्रतिलिपी बनाउन सिफारिस गर्ने सब इन्जिनियर राजकुमार देव पक्राउ परेका हुन् ।

प्रहरी नायव उपरीक्षक ध्रुब श्रेष्ठका अनुसार उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । नागरिकताको प्रतिलिपी लिन बनाइएको सिफारिसमा देवको हस्ताक्षर देखिएको प्रहरीको भनाइ छ । यद्यपी नगरपालिकामा यसको रेकर्ड पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

अग्रवाललाई दुई पटक नागरिकताको प्रतिलिपी सप्तरीबाटै दिइएको छ । राजविराज नगरपालिका ७ को ठेगाना देखाएर अग्रवाललाई नागरिकताको प्रतिलिपी दिइएको छ । २०५२ सालमै अग्रवालले सप्तरी प्रशासन कार्यालयबाट नागरिकता लिएको देखाउँदै उनलाई २०६४ र २०७३ सालमा दुई पटक प्रतिलिपी दिइएको छ ।

अग्रवाललाई नागरिकताको प्रतिलिपी बनाइदिने कार्यमा जिल्ला प्रशासन कार्यालयका प्रकाशकीय अधिकृत जनक कोइरालाले पनि सहयोग गरेका छन् । प्रहरी स्रोतका अनुसार कोइरालासहित अन्य केही कर्मचारीहरुको पनि यो कार्यमा संलग्नता रहेको छ ।

प्रशासकीय अधिकृत कोइरालासहितका कर्मचारीहरु सम्पर्कमा नआएको र खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?