+
+

रेड नोटिस जारी भएका दुई जना फरार अभियुक्त दुबईबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १३:४४

४ जेठ, काठमाडौं । ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।

एनसीबी अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।

पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसूर मुद्दामा बलबहादुरमाथि जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको थियो । एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फ्रेबुअरी ७ मा रेड नोटिस जारी भएको थियो ।

यसैगरी विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा सन्तोषाथि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको थियो । उनीविरुद्ध सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।

बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?