Comments Add Comment

आकाशबाट खसेको कुकुर बज्रिदा महिला घाइते (भिडियो सहित)

आकाशबाट खसेको असिनाले लागेर टाउकोमा टुटुल्को उठेको अनुभव त धेरैले गर्नुभएको छ होला । तर आकाशबाट कुकुर खसेको कहिल्यै देख्नुभएको छ ?

चीनमा हालै भएको छ यो घटना । चीनको गुआंजाओमा भएको यस घटनाको सिसिटीभी फुटेज आजकल निकै भाइरल बनिरहेको छ । यो फुटेजमा एकजना महिला अनौठो दुर्घटनाको सिकार बनेकी छिन् ।

गुआंजाओस्थित बायुनमा रहेको एक सिसिटीभी क्यामरामा उक्त दृश्य कैद भएको हो । त्यसमा एकजना महिलाको टाउकामा आकाशबाट खसेको कुकुर बज्रिएको देखिन्छ ।

आफ्नो जिउमाथि आकाशबाट खसेको कुकुर बजि्रएपछि ती महिला बेहोस् भएर ढलिन् । उनका गर्धनका तिनवटा हड्डी टुटेको बताइएको छ ।

भिडियोमा देखिए अनुसार एकजना महिा आफ्ना सानो बच्चा कोखिलोमा चेँपेर सडकबाट एउटा भवनभित्र छिर्दै छिन् । अचानक एउटा कुकुर माथिबाट खस्छ र उनको टाउकोमा बजि्रन्छ । जोडसँग टाउकोमा कुकुर बजि्रएपछि ती महिला ठाउँको ठाउँ बेहोस भएर ढल्छिन् । तर आकाशबाट खसेको कुकुर चाहीँ भागिहाल्छ ।

ती महिलाको स्थानीय क्लिनिकमा प्राथमिक उपचार पछि स्थानीय अस्पतालमा भर्ना गरियो । उनको घटनाको १२ मिनेटपछि मात्र होस आएकेा थियो ।

उनको गर्धनका ३ हड्डी टुटेकोमा शल्यक्रिया गरिएकेा छ । कुकुर आकाशबाट कसरी खस्यो भन्ने चाहीँ पत्ता लागेको छैन । घरको माथिल्लो तलाको बार्दलीबाट कुकुरले जमिनमा हाम फालेको हुनसक्ने पनि अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment