Comments Add Comment

अब फ्यान्टाको लोगो परिर्वतन, युवा केन्दि्रत मार्केटिङ प्लान सुरु

१८ वैशाख, काठमाडौं । फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । ˆयान्टाको नयाँ लोगो हेर्दा निकै बोल्ड र रमाइलो देखिन्छ । नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभुसाका युवालाई सम्मान गर्ने र सकारात्मक सोचको तरङ प्रबाह गर्ने किसिमले डिजाइन गरिएको छ ।

नयाँ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्टि्र डाईरेक्टर अम्बुज सिंहले भने ‘फ्यान्टाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ, जसले युवाहरुसँग आफुलाई जोडेर ब्राण्ड बिल्डमा गर्नमा सहयोग पुर्याउँछ । अहिलेको नयाँ पुस्तालाई ब्रान्डको बिषयमा धेरै ज्ञान रहेको छ किनकि उनिहरु साथीहरुसँग समय बिताउने , रमाइलो गर्ने, प्रविधीको बिषयमा आफुले जानेका कुरा अघि राख्न मनपराउने कुरामा उनीहरु बिज्ञ नै भैसकेका हुन्छन् । त्यसैले उनिहरुको यही दृष्टिकोणलाई लिएर हामीले ˆयान्टाको क्याम्पेन सुरु गरेका हौँ । हामीले अहिले टीन मार्केटिङ अफिसर्सको टिम तयार गरेका छौँ ।’

उनले त्यो थाहा पाउन केही दिन लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment