+
+

मोदी भ्रमणको लागि मुख्यमन्त्री र राजेन्द्र महतो झाडु लिएर सडकमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २१ गते २:३०

२० वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउने भएपछि बिहीबार यहाँ बृहत सरसफाइ गरिएको छ ।

प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु सरसफाइमा सहभागी थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि अन्य मन्त्रीहरुले झाडु बोकेर जनकपुरको जानकी मन्दिर परिसरदेखि बाह्रविघा जाने सडक आसपाससम्म बढारेका हुन् ।

प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने ठाउँ बाह्रविघाको सरसफाइ गरी मञ्च बनाउने काम सुरु गरिएको छ भने जनकपुर शहरको पनि सफाइ थालिएको छ ।

सफाइ कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सहभागी रहेको थियो ।

मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् । उनको स्वागतको लागि तीव्र गतिमा तयारी भएसंगै जनकपुरबासीले बीस बर्षमा हुन नसकेको काम मोदी आउने भएपछि १० दिनमै भयो भन्ने टिप्पणी गर्न थालेका छन् ।

जनकपुर महत्वपूर्ण धार्मिक स्थल भए पनि सरसफाइ र विकास निर्माणको लागि पटक पटक जनकपुर उपमहानगरपालिकालाई आग्रह गर्दासमेत काम नभएको गुनासो सर्वसाधारणको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?