+
+

विदेशबाट पठाएको पैसा शुक्लाफाँटामा लुटियो

रासस रासस
२०७५ वैशाख २१ गते १०:४८


२१ वैशाख, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकल सवार तीनजना लुटेराले लुटेर लगेका छन् ।

विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर जाँदै गरेका बेला लालझाडी गाउँपालिका–३, देखतभूलीकी संगीता पार्कीको झोलासहितको रकम मोटरसाइकलमा सवार तीनजनाले खोसेर लगेका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार लुटेराले महिलाका आफन्तले विदेशबाट पठाएको रु ६० हजार ८३ रकमसहितको झोला लुटेर लगेका छन् । लुटेराको पहिचानका लागि प्रहरीले आइएमइ सेन्टरमा रहेको सिसीटिभीका फुटेज हेर्ने कार्यसँगै लुटेरा भागेको सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखेको छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?