Comments Add Comment

साना व्यवसायीलाई सरकारको सम्बोधनः एउटा गाडी पनि फर्मका रुपमा दर्ता गर्ने


२१ वैशाख, काठमाडौं । सरकारले प्रोप्राइटरी फर्ममा पनि सार्वजनिक सवारी दर्ता गर्ने भएको छ । अब एउटै सवारी पनि र्फममा दर्ता गरेर पञ्जीकरण गर्न सकिनेछ ।

जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता भएका यातायात समितिहरु दर्ता र नविकरण नगर्ने सरकारी निर्णयपछि यातायात व्यवसायीहरु कम्पनी ऐनअनुसार दर्ता हुनु पर्ने भयो । तर, कम्पनीमा जान ५ वटा सार्वजनिक सवारी हुनुपर्छ ।

यसले एक-दुई वटा सवारी भएका साना व्यवसायीहरु मारमा परेको गुनासो उनीहरुको थियो । शुक्रबार गृहमन्त्रीको नेतृत्वमा भएको बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवसायी दर्ता हुन कम्तमिा ५ वटा सवारी हुनु पर्ने प्रावधान हटाएर एकमा झार्ने जानकारी दिए ।

अब त्यसअनरुप कानुन संशोधन गरिनेछ ।

तर, समितिहरु नवीकरण नगर्ने र कम्पनी वा र्फममा दर्ता भएका कम्पनीलाई मात्र रुट इजाजत दिने निर्णयबाट पछि नहट्ने अडान दोहोर्‍याएको छ ।

यातायातमन्त्री महासेठले यातायात व्यवसायीले उठाएका बीमा लगायतका जायज मागहरु सम्बोधन गर्न सकिने बताएका छन् । व्यवसायीका समस्या समाधानका लागि सरकारले सहजकर्ताको भूमिका निभाउने भएपनि सिन्डिकेट अन्त्य गर्ने गरी भएका निर्णयमा पुनर्विचार गर्न नसकिने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment