Comments Add Comment

गोरखामा भीरबाट लडेर स्पेनी नागरिकको मृत्यु


२१ वैशाख, गोरखा । जिल्लाको धार्चे गाउँपालिका-३ तातोपानीमा शुक्रबार भीरबाट लडेर एक स्पेनी नागरिकको मृत्यु भएको छ ।

मनास्लु पदमार्गमा पदयात्राका लागि गएका ६२ वर्षीय सान्चे भालेरो भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पदमार्गमा हिड्दै गर्दा चिप्लिएर लडेका उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी घटनास्थलतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment