Comments Add Comment

मोदीको भ्रमणलाई लक्षित गर्दै पोष्टर टाँस्नेमाथि थालियो कारवाही


२२ वैशाख, काठमाडौं । आफ्नो व्यवसाय तथा कार्यक्रमहरुको चारप्रसारका लागि जथाचभावी पोष्टर तथा पम्प्लेट टाँस्दै हुनुहुन्छ ? त्यसो भने सचेत हुनुस् । अब काठमाडौं महानगरपालिकाभित्र जथाभावी पोस्टर टाँस्नेहरुलाई कारवाही हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर योअभियान थालिएको हो । भारतीय प्रधानमन्त्री नेपाल आउँदा सडकदेखि सबै पूर्वाधार टिलिक्क टल्काउने महानगरको पुरानै अभ्यास हो ।

काठमाडौं महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर पोष्टर टाँस्नेमाथि निगरानी बढाउने भएको छ । अहिले बढीजसो रातको समयमा आफ्ना पोष्टर पम्प्लेट, ब्यानर टाँस्ने र भित्तेलेखन गर्ने प्रचलन छ ।

अब महानगरपालिकाले शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न नदिने प्रवक्ता ज्ञानेन्द्र कार्कीले अनलाइनखबरसँग बताए । यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ ।

‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई कारवाही गछौं,’कार्कीले भने,’महानगर क्षेत्रलाई सुन्दर बनाउन अब हामी विशेष योजनाबा साथमा आएका छौं ।’

अहिले शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बार, बसपार्क, बस स्टप लगायतका सार्वजनिक स्थलभरि पोष्ट र पम्पेटको बिगबिगी छ ।

यसलाई नियन्त्रण गर्न महानगरपालिकाले विशेष अभियान नै चलाउन लागेको हो । महानगरलाई सभ्य र सुसंस्कृत बनाउने योजना अनुसार यस्तो कामको थालनी गर्न लागिएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment