Comments Add Comment

उजयले मुम्बईमा जिते लिडरसिप अवार्ड


२३ वैशाख, काठमाडौं । आउटरिच नेपालका प्रबन्ध निर्देशक उजय शाक्य मुम्बईमा शुक्रबार आयोजना गरिएको फ्लेम अवार्डस् २०१८ मा लोकपि्रय फ्लेम लिडरसिपअवार्डद्वारा पुरस्कृत भएका छन् ।

उनीसँगै अन्य केही ख्याति प्राप्त कम्पनीका प्रतिष्ठित व्यक्तिहरु प्ानि उक्त अवार्डका विजेता बनेका छन् । सोही समुहका अन्य विजेताहरु भारत र बङ्गलादेशका अग्रणी व्यापारिक घरानाका प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।

रुरल मार्केटिङ एशोसियसन अफ इन्डियाले सन् २००६ मा यो फ्लेम अवार्डको स्थापना गरेको हो । यसको उद्देश्य भारतको ग्रामीण भेगका बजारहरुमा बजारीकरण, प्रवर्द्धन र पहलकदमी गर्नेहरु मध्येबाट उत्कृष्टलाई प्रोत्साहित गर्न पुरस्कृत गर्नु हो ।

फ्लेम लिडरसिप अवार्डले बजारीकरणका लागि योगदान दिने व्यक्ति वा प्रोफेसनलहरुलाई सम्मान एवं प्रोत्साहन गर्नका लागी यो अवार्ड प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment