Comments Add Comment

यस्तो अवस्थामा चट्याङले मृत्यु हुनसक्छ !

 कसरी अपनाउने सर्तकता ?

चट्याङ एक किसिमको विद्युतिय झट्का हो । वादलमा भएका कणहरु आवेसित भएर धन र ऋण आवेसमा परिवर्तित हुन्छन् र विद्युत उत्पन्न हुन्छ । यही विद्युतिय झट्का यादकदा धर्तीमा उच्च भोल्टेजका साथ ठक्कर खान्छ । यसैलाई चलनचल्तीको भाषामा चट्याङ परेको भनिन्छ । जब यो झट्का हाम्रो शरीरमा पर्छ, तब मृत्यु हुने वा अंगभंग हुने भय रहन्छ ।

–  गएको चैत्रमा चट्याङले खोटाङस्थित रुपाकोट मझुवागढीका ६२ बषिर्य सम्मरबहादुर दाहालको मृत्यु भयो । यस्तै, साकेला गाउँपालिकाका ५५ बषिर्य बालकुमारी खत्रीको पनि मृत्यु भयो । उक्त अवधीमा परेको चट्याङले दर्जन बढी घाइते भए ।

–  रुबीभ्याली गाउँपालिका ३ का ३५ बषिर्य सरोज तामाङको चट्याङले मृत्यु भयो । घरमै बसिरहेका उनलाई चट्याङको छर्राले लागेको थियो ।

–  सोलुखुम्बु दुधकोशी गाउँपालिका ७ मा परेको चट्याङले स्थानिय सीताराम राइको मृत्यु भयो । खेतमा काम गरिरहेका ३८ बर्षे राईको चट्याङले मृत्यु भएको हो ।

–  चितवनस्थित कालिका नगरपालिका, खोलागाउँका ३९ बषिर्य सिफल प्रजाको चट्याङले मृत्यु भयो । चट्याङले बेहोस भएका उनलाई उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको हो ।

वर्षायाम सुरु भएपछि सुनिने, पढिने खबर हुन् यी । एक पटक होइन, पटक-पटक यस्तै खबर सुन्नुपर्छ । अर्थात, चट्याङ लागेर फलानोको मृत्यु ।

वर्षाको समयमा चट्याङ लागेर ज्यान गुमाउने घटना बर्षेनी हुनेगर्छ । यो प्राकृतिक घटना हो । त्यसैले यसका लागि कसैलाई दोष दिने ठाउँ हुन्न । बषर्ायाममा चट्याङ पर्नु स्वभाविक र सामान्य प्रक्रिया हो । यसलाई हामीले रोक्न, छेक्न सक्दैनौं । त्यसो भए, चट्याङ हाम्रो लागि सधै काल बनेर आउँछ त ?

होइन, यसका लागि हामी सावधानी अपनाउन सकिन्छ । चट्याङ कुन बेला, कहाँ, कसरी पर्छ भन्ने पूर्व जानकारी हुँदैन । तर, बषर्ायाम खासगरी पानी-झरी परेको बेला चट्याङबाट जोगिन सकिन्छ । वा संभावित चट्याङको दुर्घटनाबाट सर्तकता अपनाउन सकिन्छ ।

के छ उपचार ?

चट्याङ लाग्नसाथ मृत्यु हुने घटना धेरै सुनिन्छ । चट्याङबाट घाइते भएकालाई तुरुन्त चिकित्सककहाँ पुर्‍याउनुपर्छ । चिकित्सककहाँ पुर्‍याउनुअघि प्राथमिक उपचार गर्न सकिन्छ । धेरैजसो अवस्थामा टाउकोबाट करेन्ट प्रवेश गरेर खुट्टाबाट निस्कने हुँदा उनीहरुको टाउको र खुट्टा जलेको हुन्छ ।

उनीहरुको खुट्टा भाँच्चिएको हुनसक्छ । सुन्ने तथा हेर्ने शक्ति पनि कमजोर भएको हुनसक्छ ।  चट्याङ प्रभावित व्यक्तिको मुटु, मृगौंलामा असर पर्न सक्छ ।  चट्याङ प्रभावित व्यक्तिको मृटुको स्थितीलाई निरन्तर अनुगमन गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

यसरी अपनाउने सावधानी

चट्याङ लागेर उपचार खोज्नुभन्दा यस्ता प्रकोपबाट बच्ने उपाय खोज्नु राम्रो हो । खासगरी दर्के झरी परिरहेको एवं विजुली चम्किएको अवस्थामा सावधानी अपनाउनु पर्छ ।

के नगर्ने ?

–  अग्ला डाँडा एवं खुला स्थानमा बस्नु हुँदैन ।

–  फलामको पोल, विद्युतिय उपकरण आदिको सम्पर्कमा रहनु हुँदैन ।

–  रुखमुनी उभिनु हुँदैन ।

–  विद्युतिय उपकरण प्रयोग गर्नु हुँदैन ।

–  पानीमा पौडिनु हुँदैन ।

–  छाता खोल्नु हुँदैन ।

के गर्ने ?

–  चट्याङ परेको बेला घरभित्र बस्नु बढी सुरक्षित हुन्छ । संभव भएसम्म पक्की भवनमा आश्रय लिने ।

–  घरबाहिर हो भने गाडीभित्र झ्यालढोका बन्द गरेर बस्नु राम्रो हो ।

–  यदि खुला स्थान छ भने घुडाले भूँइमा टेकेर हात टाउको माथि राखेर निहुरिएर बस्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment