Comments Add Comment

गाडीको प्रश्नले दिपक दिक्क


हास्यकलाकार दिपकराज गिरीले टाटा कम्पनीको हेक्जा कार किनेपछि त्यसको सञ्चारमाध्यममा निकै चर्चा भइरहेको छ । नेपालमा सर्वाधिक महंगो गाडी चढ्ने सेलिब्रिटीमा उनी दरिएका जो छन् ।

तर, दिपक स्वय्मलाई भने यो चर्चा फिटिक्कै मन परेको छैन । सेलिब्रिटीले चढ्ने गाडीको विषयमा न्यूज बनाइरहनु आवश्यक नभएको उनी तर्क गर्छन् । सञ्चारमाध्यमबाट बारम्बार फोन गरेर गाडीकै विषयमा प्रश्न सोध्न थालिएपछि दिक्क लागेको उनले बताए । अरु चिनेजानेका व्यक्तिहरुले पनि यसैलाई कोट्याएर बधाई दिइरहेका छन् ।

‘तपाईंको गाडीसँगै बसेर इन्टरभ्यू गर्नुपर्‍यो भनेर पत्रकारहरुले फोन गर्छन्,’ दिपकले भने, ‘मैले त अचेल नचिनेको नम्बरबाट आएको फोनै उठाउन छोडिदिएँ,’ दिपकले भने ।

दिपकले किनेको गाडी करिब ८० लाख मूल्यको हो । तर, कम्पनीको ब्रान्ड एम्बेस्डर भएको नाताले उनलाई छुटमा उपलब्ध गराइएको बुझिएको छ । टाटा कम्पनीमा दिपक दुई वर्षका लागि जोडिएका छन् । कति रकममा सम्झौता गरेका हुन् भन्ने चाहिँ उनले खुलाउन मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment