Comments Add Comment

गायक सुगम पोखरेल दुई महिने संगीत यात्रामा अमेरिका आउँदै 

९ मे, अमेरिका ।  गायक सुगम पोखरेल दुई महिने संगीत यात्रामा अमेरिका आउने भएका छन् । पप गीत मार्फत उदाएका पोखरेल नेपाली सांगीतिक आकाशमा एक सफल गायक मानिन्छन ।

नेपाली श्रोताहरु उनका गीत सुन्न सुन्न लालायित हुन्छन् भने उनलाई १ एमबि (वान म्यान ब्याण्ड ) भनेर पनि चिनिन्छ । सुगम पोखरेल यूएस यात्रा-२०१८ नामक कार्यक्रमको लागि उनी आउने भएका हुन् ।

उनी संगीतकार, रचनाकार तथा रेडियो जोकी (प्रस्तोता ) पनि हुन् । पछिल्लो समयमा उनी नेपाली चलचित्रका गीतहरुमा पनि जम्न सफल भएका छन् ।

मेरो संसार नामक गीतबाट दुई दशक अगाडि सांगीतिक दुनियामा प्रवेश गरेका सुगम मे र जुन महिना को लागि अमेरिका यात्रामा रहने छन् । अमेरिकाका विभिन्न २५ राज्यहरु भन्दा बढ्ता उनको प्रस्तुति हुने छ भनि आयोजकले बताएका छन् । उनले दुई महिना को अवधि भित्र २५ वटा प्रदर्शन गर्ने सम्भवत पहिलो गायक बन्ने अवसर पनि प्राप्त गर्ने छन् ।

उनको पहिलो प्रस्तुति अमेरिकाको सन एन्टीनो मा मे १२ तारिख बाट सुरु भै जुलाई १२ तारिखम टेनेसीको न्यास्भिलमा अन्तिम प्रस्तुति हुने छ ।

अमेरिकामा उनको कार्यक्रम फ्युजन इन्टरनेसनलले नेपसिने तथा प्लानेट ३ फिल्मस्को सहयोगमा ल्याएको हो ।

बिस्तृत जानकारीको लागि फ्युजन इन्टर नेसनल को इमेल  [email protected] मार्फत सम्पर्क गर्न समेत आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment