Comments Add Comment

खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड


२७ वैशाख, काठमाडौं । नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशील युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् ।

सिंगापुरको ‘एसिया वान’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने अवार्ड यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील नेपाली उद्यमी खड्कालाई प्रदान गरिएको हो ।

खड्कालाई बुधबार साँझ दुबईमा आयोजित विशेषा कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

यो अवार्ड ४० वर्ष कम उमेरका व्यक्तिले निश्चित क्षेत्रमा गरेको उद्यमशीलताको बहुआयमिक विश्लेषण गरेर प्रदान गरिन्छ ।

नेपालबाट पुरस्कृत हुने उनी यस वर्षका पहिलो नेपाली युवा उद्यमी हुन् । ३४ वर्षीय खड्कालाई ‘मस्ट इन्फुलेन्सियल एसियन अन्डर ४०’ को उपाधिबाट पुरस्कृत गरिएको छ ।

४० वर्ष कम उमेरका युवा उद्यमीले समाज परिवर्तनमा देखाएको प्रभावकारीता, प्रभाव, प्रगति र योगदानलाई मुख्य आधार बनाइने आयोजकले बताएका छन् ।

सिंगापुरको ‘एसिया वान’ पत्रिकाले स्वतन्त्र अनुसन्धन टिम बनाएर एसियाभर अध्ययन गरेर अवार्डका लागि नोमिनेशन गर्ने र छनोट समितिले अवार्डका लागि चयन गर्ने गर्छ ।

चार वर्षदेखि नेपाल स्वास्थ्य ब्यवसायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन् । उनी प्राइभेट हस्पिटल एसोसियसन (अपिन) मा पनि आबद्ध छन् ।

अष्टे«लियाको सेन्टरल क्विन्सल्याण्ड युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशील छन् । उनी विगत दुई दशकदेखि नेपालको हेथ केयरका विभिन्न क्षेत्रमा सक्रिय छन् । श्रम तथा रोजगार मन्त्रालयको विज्ञ समूहमा पनि उनी सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment