Comments Add Comment

छुट्टाछुट्टै दुर्घटनामा दुई बालकको मृत्यु

शोकाकुल अाफन्त ।

२७ वशाख, वीरगञ्ज । पर्सामा बिहीबार भएका छुट्टाछुट्टै दुई दुर्घटनामा दुई बालकको मृत्यु भएको छ । एक जना बालकको सवारी दुर्घटनामा र एक जनाको पानीमा डुबेर मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका-११ नयाँ बस्ती श्रीपुरमा बिहीबार दिउँसो गाडीले ठक्कर दिदा एक बालकको मुत्यु भएको छ ।

बाराको महागढीमाई नगरपालिका-१ गञ्जभवानीपुर बस्ने सुरेशप्रसाद जयसवालको ९ वर्षीय छोरा सुभम जयसवालको मृत्यु भएको हो ।

ना२च ४८५२ नम्बरको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका शुभमलाई उपचारका लागि नेशनल मेडिकल वीरगञ्जमा उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । सानीआमाको घरमा बिवाहमा आएका शुभमको मृत्युले परिवार शोकमा डुबेको छ ।

ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक र सहचालक दुवै फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै पर्साको पर्सागढी नगरपालिकामा पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका-४ बस्ने शेख समी उल्लाहको छोरा १० वर्षीय शेख मजितको मृत्यु भएको हो ।

साथीहरुसँग पोखरीमा पौडी खेल्दा डुबेर गम्भीर अवस्थामा पुगेका मजितलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजन लिम्बुले जानकारी दिए ।

स्थानीय शेख फैयादको माछा पोखरीमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment