+
+

पोखराको विन्ध्यवासिनी मन्दिर लिफ्ट चढेर जान सकिने, ८० लाख खर्चमा निर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २९ गते २:३०

२८ पोखरा, पोखरा । तीन महिनाभित्रै लिफ्ट चढेर विन्ध्यवासिनी दर्शन गर्न पाइने भएको छ । ३ महिनाभित्रै सक्ने गरी विन्ध्यवासिनीमा लिफ्ट निर्माण गर्न शुक्रबार शिलान्यास गरिएको छ ।

व्यापारिक घराना लक्ष्मी ग्रुपले ४५ औं वर्ष प्रवेशको अवसरमा विन्ध्यवासिनी मन्दिरमा लिफ्ट जडान गरिदिने घोषणा गरेको थियो । त्यसैअनुरुप स्वामी बोधानन्द र स्वामी निशेषानन्दबाट लिफ्ट को शिलान्यास भएको छ । ‘लक्ष्मी ग्रुपको आर्थिक सहयोगमा बन्न लागेको लिफ्ट को वैदिक परम्पराअनुसार शिलान्यास गरिएको छ,’ समितिका सचिव तीर्थ श्रेष्ठले भने, ‘लिफ्ट निर्माणको सबै डिजाइन भइसकेको छ । ३ वर्षभित्र सबै काम सकिने छ ।’

अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई मन्दिर दर्शनमा आउजाउ गर्न र अन्य दर्शनार्थीका लागि पनि सहजताका लागि लक्ष्मी ग्रुको भातृ संस्था लक्ष्मी इन्टरकन्टिनेन्टलले लिफ्ट बनाइदिने भएको हो ।

‘सामान्य मिठाइ पसलबाट सुरु भएको हाम्रो व्यवसाय अहिले देशकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बन्न पुगेको छ । यहाँसम्म आइपुग्न हामीले थुप्रै आरोह-अवरोह भोगेका छौं र सबैको साथ पाएका छौं,’ ग्रुप अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने, ‘हामीले व्यवसायसँगै समाज कल्याणको काम पनि गरेका छौं । त्यसैक्रममा विन्ध्यवासिनीमा लिˆट जडान गर्न लागेका हौं ।’

विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले लिफ्ट बनेसँगै दर्शन गर्न आउ-जाउ गर्ने दर्शनार्थीलाई सहज हुने बताए । स्वामी बोधानन्द अध्यक्ष श्रेष्ठकै दाजु हुन् । विन्ध्यवासिनीमा लिफ्ट हाल्ने उनै वोधानन्दले परिकल्पना गरेका थिए । लामो समय व्यावसायिक जीवनमा बिताएर उनी गृहस्त त्यागेका थिए ।

करिब ८० लाखको लागतमा लिफ्ट  निर्माण हुने सचिव श्रेष्ठले बताए । लिफ्टमा १२ जनासम्म चढ्न मिल्ने र ९ सय ६० केजी भार क्षमताको हुने सम्झौता भएको छ ।

विन्ध्यवासिनी मन्दिरको पूर्वोत्तर क्षेत्रमा बन्ने लिफ्टको उचाइ ३३ फिटको हुनेछ । लिफ्टसँगै १५ फिट उठाएर भ्यु टावर पनि निर्माण गरिने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठले बताए । लिफ्टको माथि र तल २०/२० जना बस्न मिल्ने प्रतिक्षालय पनि निर्माण गरिने श्रेष्ठले जानकारी दिए ।

‘लिफ्टबाट अपांग तथा ज्येष्ठ नागरिकबाहेक अन्य दर्शनार्थीले सामान्य शुल्क तिरेर लिफ्टबाट आउजाउ गर्न सक्ने व्यवस्था मिलाउँदै छौं,’ सचिव तीर्थले भने ।

ग्रुपका तर्फबाट कार्यकारी निर्देशक सुनील श्रेष्ठ र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मी हस्ताक्षर गरे लिफ्ट निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?