Comments Add Comment

जनरल एनेस्थेसियाका साइड इफेक्टबारे जान्नैपर्ने कुरा

सन्दर्भः जनरल एनेस्थेसिया

अधिकांश स्वास्थ्य सम्बन्धी समस्यामा एनेस्थेसिया महत्वपूर्ण मानिन्छ । एनेस्थेसियामा विरामीहरू केही समयका लागि अचेत हुने तथा बेहोस हुने गर्दछन् ।

एनेस्थेसियाको सामान्य प्रकारमा जनरल एनेस्थेसिया पर्दछ । जनरल एनेस्थेसिया सुरक्षित हुनुका साथै विरामीलाई सजिलो होस् भन्नका लागि शल्यक्रिया गर्ने बेलामा दिइन्छ ।

विरामीलाई जनरल एनेस्थेसिया मुखबाट वा नसा (इन्ट्रोभेनोस) को माध्यमबाट पनि दिइन्छ । जनरल एनेस्थेसिया बाहेक पनि अन्य दुई प्रकारका एनेस्थेसिया हुने गर्छ, जसलाई रिजनल तथा लोकल एनेस्थेसिया भन्ने गरिन्छ । रिजनल वा क्षेत्रीय एनेस्थेसियामा विरामीको शरीरको तल्लो भाग मात्र बेहोस पार्ने गरिन्छ भने लोकल वा स्थानीय एनेस्थेसियामा विरामीको शरीरको कुनै एउटा भागलाई मात्र लाटो बनाइन्छ ।

शल्यकि्रया गर्ने क्रममा जनरल एनेस्थेसिया गर्नुपूर्व विरामीको स्वास्थ्य अवस्था, उसले सेवन गर्ने औषधी, एलर्जी आदिका विषयमा जानकारी लिइन्छ ।

यही जानकारीका आधारमा जनरल एनेस्थसियोलोजिस्टले विरामीलाई कस्तो एनेस्थेसिया दिने भन्ने तय गर्छन्, जसको असर शल्यक्रिया पश्चात शरीरमा देखिन्छ ।  यस्ता असर विरामीको शारीरिक अवस्था तथा शल्यक्रिया अनुसार फरक पर्छ । यस्ता साइड इफेक्ट शल्यक्रिया गरेको २४ घण्टा भित्रमा देखिने गर्छ । कसैकसैलाई यसको साइड इफेक्ट केही समयसम्म रहन्छ ।

जनरल एनेस्थेसियाका सामान्य साइड इफेक्ट

वाकवाकी लाग्नु, वान्ता हुनु

जनरल एनेस्थेसियाको सबैभन्दा सामान्य साइड इफेक्ट्स भनेकौ वाकवाकी लाग्नु तथा वान्ता हुनु हो । वाकवाकी लाग्नु तथा वान्ता हुनुलाई चिकित्सकीय भाषामा पोष्ट अपरेटिभ नउसीय एन्ड भमिटिङ्ग (शल्यक्रियापछिको वाकवाकी लाग्नु तथा वान्ता हुनु) पनि भन्ने गरिन्छ । सामान्यतया शल्यक्रियाको २४ घण्टाभित्रमा देखा पर्ने यो समस्या कसैकसैमा केही दिनसम्म पनि रहिरहने गर्छ ।

यस्तो हुनुमा औषधी तथा शल्यक्रियाको प्रकार पनि कारक हुने गर्छ ।

यस्ता साइड इफेक्टको उच्च जोखिममा महिला, धूमपान गर्ने तथा मोसन सिकनेसको समस्या हुने व्यक्तिहरू  पर्दछन् ।

सन् २०१२मा वि्रटिश जर्नल अफ एनेस्थेसियामा समेत यो कुरा उल्लेख गरिएको थियो ।

जाडो हुनु, काँप्नु

शल्यक्रिया पश्चात बिरामीहरूमा देखिने अर्को सामान्य समस्या भनेको जाडो हुनु वा कम्पन हुनु हो । चिकित्सकीय भाषामा हाइपरथर्मिया भनिने यो समस्या शल्यक्रिया लगत्तै विरामीहरूमा देखा पर्छ । हाइपरथर्मियाका कारण बिरामीहरूलाई केही असहज महसुस हुने गर्दछ ।

विशेषगरी, शल्यक्रियाका क्रममा विरामीलाई दिइने एनेस्थेसियाका कारण विरामीको शरीरमा दुखाइ महसुस हुदैन,  जसका कारण शरीरको थर्मोरेगुलेटरी क्षमता केही समयका लागि अवरुद्ध हुने गर्छ । फलस्वरूप विरामीलाई जाडो तथा कम्पन हुने गर्दछ ।

सन् २०१०मा एनेस्थेसिया प्रोग्रेस रिपोर्टमा प्रकाशित एक अध्ययन अनुसार शल्यक्रिया तथा एनेस्थेसियामा हल्का खालको हाइपोथर्मिया हुनु सामान्य हो । यो समस्या महिलाको तुलनामा पुरुषमा धेरै हुने गर्छ । साथै, लामो समय लगाएर गरिएको शल्यक्रियामा पनि यो समस्या धेरै हुने गर्छ ।

घाँटीको समस्या

यसको अर्को साइड इफेक्ट भनेको घाँटी सम्बन्धी समस्या हो । घाँटी सम्बन्धी समस्याका साथै मुख सुख्खा हुनु तथा स्वर धोत्रो हुनु यसको अर्को साइड इफेक्ट हो । विशेषगरी शल्यक्रियाका क्रममा मुखमा हालिने पाइप यसको मुख्य कारण हो । यसकै कारण शल्यक्रिया गरे लगत्तै झण्डै ५० प्रतिशत बिरामीहरूमा यो समस्या देखिन्छ ।

सन् २००२ मा वि्रटिस जर्नल अफ एनेस्थेसियामा प्रकाशित एक अध्ययन अनुसार श्वासनलीको समस्या, कम उमेरका बिरामी, प्रसूति सम्बन्धी शल्यक्रिया लगायतका कारण पनि घाँटी सम्बन्धी समस्या हुने गर्दछ ।

टाउको दुख्नु

शल्यक्रिया लगत्तै टाउको दुख्नु,  रिँगटा लाग्नु तथा चक्कर आउनु जनरल एनेस्थेसियाका सामान्य लक्षण हुन् । यस्ता समस्या विशेषगरी हिपको प्रत्यारोपण, पाठेघरको शल्यक्रिया गर्ने क्रममा ढाडको बीच भागमा रहेको मेरुदण्डमा इन्जेक्सनद्वारा एनेस्थेसिया दिने क्रममा हुने गर्छ ।  एनेस्थेसिया दिने क्रममा मेरुदण्डमा इन्जेक्सन दिइने हुँदा सो प्वाललबाट स्पाइनल फ्लुड (स्पाइनमा हुने तरल पदार्थ) लिकेज हुने सम्भावना पनि बढी हुने गर्छ ।

स्पाइनल फ्लुड कमी भएमा स्पाइनल कर्ड तथा मस्तिष्कका वरिपरि दवाव कम हुने गर्छ, जसका कारण टाउको दुख्ने गर्छ । टाउको दुख्ने समस्या शल्यक्रिया गरेको १२ देखि २४ घण्टा भित्रमा सुरु हुने गर्छ । बसेको समयमा मस्तिष्क वरिपरि दवाव धेरै हुने भएको यो समस्या बसेको समयमा असह्य हुने गर्छ ।

सन् २०१३ मा क्यास्पियन जर्नल अफ इन्र्टनल मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार ढाडमा इन्जेक्सन लगाउने झण्डै १७ प्रतिशत व्यक्तिमा टाउको दुख्ने समस्या धेरै भएको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment