३० वैशाख, काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका अध्यक्ष नासर अल खालिफाले नेयमारको भविष्यबारे भइरहेको अड्कलबाजीलाई शान्त पार्ने प्रयास गरेका छन् ।
ब्राजिलियन फुटबलर नेइमार रियल मडि्रड जाने चर्चा चुलिएको छ । स्पेनिस मिडियाहरुले अक्टोबरदेखि नै नेयमार फ्रान्समा खुसी नभएको दाबी गर्दै आएका छन् ।
तर, खालिफाले भनेका छन्, ‘२०० प्रतिशत उनी यहीँ बस्छन् । नेयमार सन्तुष्ट छैनन् भन्ने गलत हो ।’
नेयमारसँग क्लबको सम्झौता रहेको र उनले पनि पीएसजीमै बस्न चाहेको खालिफाको दाबी छ ।
पीएसजीले लामो प्रयास र कीर्तिमानी मूल्यमा नेयमारले सिजनको सुरुमा फ्रान्स लगेको थियो । उनले नयाँ इतिहास रच्नका लागि बार्सिलोना छाडेको बताएका थिए ।
प्रतिक्रिया 4