Comments Add Comment

ग्लोबल आइएमई बैंकको एकैदिन ७ वटा शाखा थपिए

३१ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार एकै दिन ७ स्थानमा शाखा कार्यालय विस्तार गरेको छ ।

बैंकले धनुषाको मिथिलाबिहारी नगरपालिका ७, तारापट्टी, बाराको फेटा नगरपालिका ७, फेटा बजार, रौतहटको फतुवाबिजयपुर नगरपालिका ८, बिजयपुर, सप्तरीको डाक्नेश्वरी नगरपालिका ५, पातो, डडेल्धुराको अजयमेरु गाउँपालिका ३, भद्रपुर, डोटीको पूर्वीचौकी गाउँपालिका ४, साना गाउँ र बैतडीको दोगडाकेदार गाउँपालिका ३, खोचलेकमा शाखा कार्यालय सञ्चालन गरेको हो ।

यो सँगै बैंकको शाखा कार्यालयको संख्या १२९ पुगेको छ । बैंकले सोमबारदेखि नै ललितपुरको मंगलबजारमा एटिएम सेवा थप गरेको छ । मंगलबजारमा एटिएम सेवा थप गरेसंगै बैंकको एटिएम संख्या १३१ पुगेको छ ।

बैंकले १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८० शाखारहित बैंकिङ सेवा मार्फत ८ लाख ५० हजार भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment