+
+

कर्मचारीलाई एकपटकमात्र आरक्षण दिन सिफारिस

नकारात्मक सूचीमा परेका कर्मचारीको बढुवा रोकिने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १ गते १८:३५

१ जेठ, काठमाडौं । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले कर्मचारीलाई सेवा अवधिभरमा एक पटकमात्रै आरक्षण दिन सरकारलाई सिफारिस गरेको हो ।

प्रशासनविद् काशीराज दाहालको नेतृत्वमा गठित उक्त समितिले आरक्षण सुविधाको सदुपयोग हुन नसकेको ठहर गर्दै पुनरावलोकन गर्न सिफारिस गरेको हो ।

समितिको सिफारिस अनुसार आरक्षणमार्फत सरकारी सेवामा प्रवेश गरेको व्यक्तिले दोस्रो पटक फेरि आरक्षण पाउने छैन । हाल भने एउटा पदमा आरक्षणमार्फत सरकारी सेवा प्रवेश गरेके व्यक्तिले अर्को पदमा परीक्षा दिँदा पनि आरक्षण पाइरहेको थियो ।

समितिले नकारात्मक सूची मापदण्ड बनाइ यस्तो सूचीमा परेका सरकारी पदाधिकारीले बढुवाको बाटो नै रोक्न पनि सिफारिस गरेको छ ।
त्यस्तै, कर्मचारीको तहगत र श्रेणीगत संयोजन गर्नुपर्ने सुझाव दिँदै समितिले त्यसको खाकासमेत सरकारलाई दिएको छ ।

समितिले प्रशासनिक सुधारका विभिन्न सुझाव समेटेर त्यसको प्रतिवेदन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?