Comments Add Comment

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध


२ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य  निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले यही जेठ ७ का लागि निर्वाचन मिति तय गरेको थियो । तर हरेक पदमा एकभन्दा बढी उम्मेदवारी नपरेपछि त्यसअगावै निर्वाचन समितिले निर्विरोध  भएको घोषणा गरेकाे हाे।

निर्विरोध निर्वाचित कार्यसमितिमा डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडू रहेका छन् ।

त्यस्तै, खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी–जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेशीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा निर्वाचित भएकाे जानकारी निर्वाचन समितिले दिएको छ ।

दलितबाट मीनबहादुर विश्वकर्मा र विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

कांंग्रेस संसदीय दलको नेतामा यसअघि नै पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । फागुन २१ गते भएको निर्वाचनमा प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment