Comments Add Comment

बाराको प्रसौनी र बाँकेको शमशेरगञ्जमा हिमालयन बैंकको शाखा


३ जेठ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले २ स्थानीय तहमा बैंकको शाखा सञ्जाल विस्तार गरेको छ ।

बैंकले बाराको प्रसौनी र बाँकेको राप्तीसोनारी, शमशेरगञ्जमा शाखा विस्तार गरेको हो ।

बैंकले सञ्जाल विस्तार गर्ने क्रममा प्रसौनीमा वैशाख २८ गते र शमशेरगञ्जमा ३० गते शाखा विस्तार गरेको जानकारी दिएको छ ।

बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले खुलेका नयाँ शाखाबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैकिङ सुविधाहरु उपलब्ध गराउने जानकारी दिए ।

योसँगै बैंकको कुल शाखा संख्या ४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment