Comments Add Comment

नबिल बैंकले थप्यो ५ नयाँ शाखाहरु

३ जेठ, काठमाडौं । नबिल बैंकले हालै आफ्नो ५ नयाँ शाखाहरु स्थानीय तहमा स्थापना गरेको छ । बैंकले सम्मरीमाई गाउँपालिका, रुपन्देही वडा नं. ८ तिला गाउँपालिका, जुम्ला वडा नं. १ बराहताल गाउँपालिका, सुर्खेत वडा नं. ५ वित्थडचिर गाउँपालिका, बझाङ्ग वडा नं. ४ तथा आलिताल गाउँपालिका, डढेलधुरा वडा नं. ८ गरि पाँच वटा नयाँ शाखाहरुमा बैकिङ्ग कारोबार सुरु गरेको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको निति, कम्तिमा एक स्थानीय तहमा एउटा बाणिज्य बैंकको शाखा, होस भन्ने भावनाले ती ठाउमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको हो ।

व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्नेे प्रतिबद्धता अनुरुप बैंकले देशका विभिन्न ठाँउहरुमा आफ्नो शाखा कार्यालयको संजालहरु विस्तार गर्दै लगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment