+

गार्डिओला ४ वर्ष म्यानचेस्टर सिटीमै रहने

२०७५ जेठ  ४ गते १७:३१ २०७५ जेठ ४ गते १७:३१
गार्डिओला ४ वर्ष म्यानचेस्टर सिटीमै रहने

४ जेठ, काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओला सन् २०२१ सम्म सिटीमै रहने भएका छन् । सन् २००८ मा प्रशिक्षण सुरु गरेका उनले स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिख सम्हालिसकेका छन् । सिटीसँगको सम्झौता उनको अहिलेसम्मकै लामो सम्झौता हो ।

४७ वर्षका गार्डिओलाले सिटीलाई कीर्तिमान १०० अंकसहित पि्रमियर लिग र लिग कपको उपाधि जिताएपछि उनको प्रशंसा भइरहेको छ ।

‘म निकै खुशी र उत्साहित छु । यहाँ काम गर्न रमाइलो छ’ सम्झौता पछि गार्डिओलाले भने, ‘म खेलाडीहरुको भावना बुझेर राम्रो टिम बनाउने र राम्रो नतिजा ल्याउने प्रयासमा सधैँ हुनेछु ।’

अहिलेसम्म प्रशिक्षक गार्डिओला

सन् २००८ – बार्सिलोनाको प्रशिक्षक नियुक्त

सन् २०१२ – बार्सिलोना छाडे

सन् २०१३ – वायर्न म्युनिखसँग तीन वर्षको सम्झौता

सन् २०१६ – म्यानचेस्टर सिटीमा तीन वर्षको सम्झौता

सन् २०१८ – म्यानचेस्टर सिटीसँग सम्झौता थप

 

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय