Comments Add Comment

नगरग्राम माविका प्रअको नाममा करिब ३ लाख बेरूजी

४ जेठ, विराटनगर । मोरङको बुढिगंगा-१ स्थित नगरग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापकले भवन निर्माणको नाममा विद्यालयको रकम हिनामिना भएको खुलेको छ ।

विद्यालयका प्रअ भीमबहादुर बस्नेतले विद्यालयको हाताभित्र भौतिक संरचना निर्माणको क्रममा २ लाख ८९ हजार रुपैयाँ हिनामिना गरेको पाइएको हो ।
विद्यालय व्यवस्थापन समितिले सामाजिक लेखा परीक्षकले क्रममा बील उपलब्ध नभएपछि प्रअको नाममा बेरुजु भएको खुलेको हो ।

विद्यालयका प्रअ बस्नेतले आर्थिक वर्ष ०७२/७३ को आर्थिक प्रतिवेदनमा विद्यालयको आर्थिक कारोवारको प्रष्ट रुपमा बील भरापाई नगरी आफ्नै हिसाबमा काम गरेको पाइएको थियो ।

सामाजिक लेखा परीक्षण समितिका सदस्य भोजराज घिमिरेका अनुसार प्रअ बस्नेतले आम्दानीको शीर्षक समेत नखुलाएको, विद्यालयको निजी स्रोत मध्ये कुन स्रोतबाट कुन काम गरिएको भन्ने शीर्षकगत रकमसमेत नछुटाइएको फेला परेको बताए ।

प्रअ बस्नेतले विभिन्न मितिमा विद्यालयको समान खरिद गर्दा पेश्की रकम दिएर सामान खरिदको प्रकि्रया सार्वजनिक खरिद ऐन बमोजिक नभएको एव खरिद गरिएका सामग्रीको विल संलग्न नभइ भरपाईको आधारमा भुक्तानी दिएको देखिएको सामाजिक लेखा परीक्षण समितिका सदस्य घिमिरेले बताए ।

विद्यालय हाताभित्र निर्माण गर्ने भौतिक पूर्वाधारका क्रममा सामग्री खरिद गरिएका बस्तुको बील नपाएपछि प्रअको नाममा बेरुजु राखिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब कोइरालाले विद्यालयमा हिनामिना भएको शंखा लागेपछि समिति गठन गरेर विद्यालयको कारोवारको सम्पूर्ण हिसाबको अडिट गरिएको बताए ।

उनले भने, ‘बिभिन्न शीर्षकमा विधालयका नाममा आएको रकम मध्ये धेरैको हिसाबकिताको कुनै लेखा जोखा पाइएन, न सामग्री खरिदको बील छ सबै कुरा अस्त ब्यस्त भएको पाइएको छ, विद्यालयको रकम हिनामिनाका प्रअको प्रत्येक संलग्न देखिएको छ ।’

उनले विद्यालयको आर्थिक हिनामिनामा देखिएको रकम विद्यालयको नाममा पेश्कि देखाउन खोजेपछि व्यवस्थापन समितिले त्यसलाई अस्विकार गरेको पनि अध्यक्ष कोइरालाले जानकारी दिए ।

विद्यालयका प्रअ भिमबहादुर बस्नेतले भौतिक संरचना निर्माण गर्दा आवश्य बालुवा, रडलगायतका समग्री खरिद गरिएका बस्तुको बील विद्यालयमा रहेको भन्दै रकम अनियमितता गरेको भन्ने कुरामा सत्यता नरहेको बताए । उनले विद्यालयको सामाजिक लेखा परीक्षण गर्ने समयमा ती सबै सक्कल बील भरपाई छुटेको तर्क गरे ।

विद्यालयका लेखापालको कमजोरीका कारण रकम अनियमितता भएको आरेाप आफूलाई लागेको प्रअ बस्नेतको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment