Comments Add Comment

छोटो स्कर्टबारे करिश्माको प्रष्टिकरण : अधवैंशे महिलाले लगाउने यस्तै हो

कालो लुगा लगाएर सञ्चारमाध्यमको विरोध

नायिका करिश्मा मानन्धर छोटो पहिरनको विवादमा फसेकी छिन् । केही दिनअघि छोरी कविताले अभिनय गरेको फिल्मका बारेमा आयोजित पत्रकार सम्मेलनमा उनी पुगेकी थिइन् । उक्त कार्यक्रममा कविताको भन्दा करिश्माको लुगा छोटो थियो ।

कार्यक्रम अवधिभर करिश्मालाई आफ्नो छोटो स्कर्ट सम्हाल्न सकस परेको देखिएको थियो । वार्डरोव फालफङ्सनको डरले उनले निरन्तर आफ्नो तिघ्रा हातले छोपिरहेकी थिइन् भने दुई घुँडा च्याप्प जोडेर बसेकी थिइन् । यस विषयमा मिडियामा गसिपहरु आएपछि करिश्मा आक्रोशित बनेकी छिन् ।

उनले फेसबुकमा आफ्नो पहिरनको बारेमा स्पष्टिकरण दिँदै यसलाई अधवैंशे महिलाले लगाउने पोशाक भनेकी छिन् ।
करिश्मा लेख्छिन्, ‘यो पहिरन झण्डै सात वर्ष पुरानो हो । यो विशेषगरी अधवैंशे महिलाहरुले लगाउने गर्छन् । तर खोइ के हो, केही मानिसहरुको आँखामा के जडान गरेको हुन्छ कुन्नी । अझ कबु (छोरी कविता) ले त ममी यस्तो हजुरआमाको ड्रेस नलगाउ भनिरहेकी थिइन् ।’

आफ्नो पहिरनमाथि टिप्पणी गरेर पत्रकारहरुले आफ्नो निजी स्वतन्त्रतामाथि हमला गरेको करिश्माको आरोप छ ।

अर्को पोष्टमा उनले लेखेकी छिन्, ‘एक्काइसौं शताब्दीको दोस्रो दशकमा आइपुग्दा पनि स्वतन्त्र देशमा एउटा नागरिकले आफूले चाहेको खान, लगाउन र बोल्न नपाइने ? ठीक छ, मैले लगाएको पहिरन गलत भयो होला, त्यसबारे टिप्पणी गर्नुस् तर मेरो बोल्ने शैली, उमेर, मेरा रहर, मैले पूरा गर्न खोजेको इच्छा हरेक कुराको हाँसो बनाएर के पाउनुहुन्छ ? के यो कोर्ट र स्कर्ट मैले घरमा बस्दा लगाउनु ?’

उनले ‘सम्पूर्ण नारीजाति माथि हुने पित पत्रकारिताको सम्मानस्वरुप’ भन्दै शिरदेखि पाउसम्म कालो पोशाक लगाएको आफ्नो फोटो पोस्ट गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment