Comments Add Comment

कानून आयोग गठन गर्ने कर्णाली सरकारको निर्णय

मन्त्रिपरिषदले गरेका निर्णय जानकारी दिदै कर्णाली सरकारकी प्रवक्ता बिमला केसी ।

६ जेठ, काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रादेशिक कानून आयोग गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानूनको मस्यौदा तयारीमा सहयोग पुर्‍याउन भन्दै यथाशीघ्र कानून आयोग गठन गर्ने निर्णय गरेको हो ।

आइतबारको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई लागु औषध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी विधेयक २०७५ तर्जुमाका लागि सहमति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

यस्तै विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्नुपुर्व वजेटका सिद्धान्त, उद्धेश्य, प्राथमिकता र नीतिहरु आवश्यक परिमार्जनसहित पूर्व बजेट छलफलका रुपमा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने, निर्णय समेत गरिएको छ ।

कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकास मार्गचित्र २०७५ परिस्कृत गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा सामाजिक विकास मन्त्री दल रावल, मुख्यमन्त्री कार्यालयका सचिव र सवै मन्त्रालयका सचिवहरु रहेको समिति निर्माण गरी जिम्मेवारी दिइएको छ ।

साथै बैठकले हुम्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्कमा गत जेठ २ गते मकालु एयरको जहा दुर्घटनामा निधन भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपाली प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment